रास्वपाको केन्द्रीय समिति बैठक सुरु

Nepal Cover
७ आश्विन २०८२, मंगलवार
image

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक जारी छ । बिहान सवा ९ बजेबाट बैठक सुरु भएको हो । पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा सुरु हुन लागेको आजको बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, पार्टी सभापतिहरूको तर्फबाट प्रदेश बैठकबारे प्राप्त विवरणमाथी छलफल हुने जनाइएको छ ।

बैठकमा समसामयिक राजनीति, प्रदेश बैठकहरूबाट प्राप्त विवरण, परिवर्तित अवस्थामा केन्द्रीय सदस्यहरूको धारणा र पार्टी सङ्गठन एवं विभाग सम्बन्धी विषयमा छलफल हुनेछ। यस्तै घोषित निर्वाचनको रणनीति, पार्टीको ऐतिहासिक महाधिवेशन र विविध विषयमा छलफल हुने प्रवक्ता मनिष झाले जानकारी दिए।