बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?

Nepal Cover
८ आश्विन २०८२, बुधबार
image

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार तीन सय रुपैयाँले बढेर प्रतितोला २ लाख २३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार भने सुनको मूल्य २ लाख २१ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, मंगलबार चाँदी तोलामा २० रुपैयाँले बढेसँगै रेकर्ड कायम भएको छ । बुधबार चाँदी प्रतितोला २ हजार ७०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार प्रतितोला चाँदी २ हजार ६८० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ७७१.३५ अमेरिकी डलर र चाँदी ४४.१६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।