काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्ने भएको छ । बिहीबारबाट सुरु भएको बैठकमा पहिलो दिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी पुनर्गठन र नयाँ नेतृत्वबारे मङ्सिरमा विशेष महाधिवेशन गर्न प्रस्ताव गरेका थिए ।
अध्यक्षको उक्त प्रस्तावमा असहमति जनाउँदै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले आफ्नो धारणा राखिसकेका छन् ।
विभिन्न १० वटा समूह बनाएर बिहीबारबाटै छलफल जारी रहेको छ । आज टोली नेताहरूले समूहबाट आएको धारणा राख्नेछन् ।