काठमाडौका प्रजिअ परिवर्तन हुने समाचार कालाबजारीलाई सघाउने हल्ला मात्रै

  Sampatti News

October 5, 2020

काठमाडौँ । बजारमा भटाभट कालाबजारी गर्नेहरु पक्राउ परिरहेको बेलामा काठमाडौँ जिल्लाको प्रमुख जिल्ला अधिकारी(प्रजिअ) मा काली प्रसाद पराजुलीलाई पठाइँदै भनेर बजारमा सुशासनको अभियान चलिरहेको बेला माहोल मोडने प्रयास भैरहेको छ ।

काठमाडौँका प्रजिअ जनकराज दाहालले शान्तिसुरक्षाको प्रत्याभूत गराउन र बजारमा सुशासन दिन काठमाडौ प्रवेशसँगै अभियान सुरु गरे पनि सात महिना त कोरोनाको त्रास मै समय बित्यो, यद्यपी पछिल्लो समय भने कामको लय मिलेर गएको अनुभुति सबैले गरिरहेका छन् । गृह सचिब महेश्वर न्यौपाने पहिला अख्तियारमा बसेको नाताले सचिब न्यौपानेसँगको सम्बन्धको आधार बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव कालीप्रसाद पराजुलीलाई प्रजिअ बनाउनकै लागि गृह मन्त्रालयमा सरुवा भई सकेको हल्ला गराएका कारण बजारमा कालाबजारीलाई नियन्त्रणमा चुनौती थपिएको बजार नियाल्ने उपभोक्ता अधिकार कर्मिहरुको धारणा छ।

एकातिर कोरोनाको त्रास अर्को तिर कालाबजारी बढेको भन्दै बजार अनुगमनसँगै भटाभट अपराधि पकाउ भैरहेको बेला यो हल्ला कस्ले चलायो भनेर प्रधानमन्त्री सचिवालयले समेत खोजी शुरु गरिसकेको छ। कालाबजारीहरुलार्इ बल पुग्नेगरी यो चाडपर्व नजिकिरहेको बेला प्रजिअको सरुवाको हल्ला ‘कामकुरो एकातिर कुम्लो बोकि ठिमी तिर’ को रूपमा लिइएको बुझिन्छ ।
त्यसो त जुन नाम केहि प्रयोजित संचार माध्यममा आएको छ ती सहसचिव दोलखा, उदायपुर बस्दा काम गर्न नसकेर रातारात सरुवामा परेको उदयपुरका एक संचारकर्मिले सम्पत्ति न्युजलाइ बताए। कर्मचारीहरूको सरुवा नियमित प्रक्रिया हो तर समय परिवेश र उसले गरेका कामले कस्तो प्रभाव पारिरहेको छ यस्ता मसिना बिषयलाई गम्भीरतापूर्वक ध्यान नपुर्याउदा कर्मचारीतन्त्र सधै आलोचित बन्दै आइरहेको छ।

प्रकाशित मिति:October 5, 2020