ऊर्जामन्त्री कुलमान घिसिङ : भ्रष्टाचारीलाई कडा कारबाही हुन्छ

Nepal Cover
१० आश्विन २०८२, शुक्रबार
image

काठमाडौं । काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले जेनजीको माग भ्रष्टाचार निर्मुल गर्ने, सुशासन कायम गर्ने रहेको बताएका छन् ।

नेपाल विद्युत् प्राधिकरणले आयोजना गरेको शुभकामना तथा बधाई कार्यक्रममा सम्बोधन गर्दै मन्त्री घिसिङले देशका बेथितिहरूको अन्त्य गरी समृद्धितर्फ अघि बढ्नुपर्नेमा जोड दिए । उनले युवापुस्ताको देशमै बसेर काम गर्ने वातावरण बनाउने चाहनालाई पूरा गर्न सुशासनको कार्यान्वयनलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए ।

उनले कुनै पनि अनियमितता वा भ्रष्टाचारको संकेत देखिए तत्काल कडा कारबाही गरिने चेतावनी दिए । यस्ता गतिविधिहरू कायम रहेमा भविष्यमा ठूलो विद्रोह हुने र त्यसले कसैलाई नछोड्ने उनको भनाइ छ ।

मन्त्री घिसिङले प्राधिकरणभित्र सुशासन कायम गर्न कटिबद्ध भएर लाग्न कर्मचारीहरूलाई निर्देशन दिए । कुनै पनि अनियमितता वा भ्रष्टाचारमा संलग्न भएको पाइएमा तत्काल कारबाही हुने उनले स्पष्ट पारे ।