प्रधानमन्त्री सुशीला कार्कीको स्वकीय सचिवालयमा तीन सल्लाहकारको नियुक्ति

Nepal Cover
१४ आश्विन २०८२, मंगलवार
image

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो स्वकीय सचिवालयमा तीन सल्लाहकार नियुक्त गरेकी छिन्।

प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त भएका छन् । खनाल ‘द हिमालयन टाइम्स’ दैनिकका पूर्व सम्पादक हुन् ।

त्यस्तै, सल्लाहकार तथा प्रमुख स्वकीय सचिवमा आदर्शकुमार श्रेष्ठ नियुक्त भएका छन् । समाजशास्त्रमा स्नातकोत्तर गरेका श्रेष्ठ हाल कानुन संकायमा स्नातकोत्तर अध्ययनरत छन् । उनले नेपालका तीन जना प्रधान न्यायाधीश रामकुमार साह, कल्याण श्रेष्ठ र सुशीला कार्कीका निजी सहायकका रूपमा लामो अनुभव बटुलेका छन् ।

प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमिल्सिना नियुक्त भएका छन् । तिमिल्सिना ‘थापा फाउन्डेसन’का अध्यक्ष हुन् । यो संस्था विवेकशील नेपाल पार्टीका संस्थापक उज्ज्वल थापाको सम्झनामा स्थापना गरिएको हो ।

नव नियुक्त सल्लाहकारहरूले प्रधानमन्त्रीलाई नीतिगत, प्रशासनिक र जनसम्पर्क सम्बन्धी कार्यमा सहयोग गर्ने अपेक्षा गरिएको छ ।