काठमाडौं । नेकपा माओवादी केन्द्रको सचिवालय बैठक आज बस्दैछ। माओवादी केन्द्रको विशेष महाधिवेशन तयारी, अन्य दलसँग पार्टी एकता र घोषित निर्वाचनको तयारीका लागि पदाधिकारी बैठक बस्दै छ। बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्नेछ।
बैठकमा बैठकमा विपद्पछिको अवस्था, महाधिवेशनको मिति र प्रतिनिधि छनोटलगायत विषयमा छलफल हुने जनाइएको छ।
हालै बसेको माओवादीको बैठकले केन्द्रीय कमिटी भंग गरी विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो। मंसिरको अन्तिम हप्ता विशेष महाधिवेशन गर्ने निर्णय गरेको भए पनि मिति भने तोकेको छैन।
बैठकमा महाधिवेशन प्रतिनिधि चयनका लागि केन्द्रीय संयोजक प्रचण्डले प्रस्ताव गरेको मापदण्डमाथि छलफल गरेर पारित गर्ने तयारी पनि छ।