काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा मंगलबार बिहान साढे ११ बजे सिंहदरबार प्रधानमन्त्री कार्यालयमा परिषद्को बैठक बस्न लागेको हो ।
गत शुक्रबार, शनिबार र आइतबारको अविरल वर्षापछिको बाढीपहिरोले काभ्रेपलाञ्चोकको चार स्थानीय तहमा सडक सञ्जाल र विद्युत् सेवा अवरुद्ध भएका छन् । ती गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध हुँदा कतिपय ग्रामीण क्षेत्रमा सञ्चार सेवा अवरुद्ध भएको छ भने सडक अवरुद्ध हुँदा आजवजावतमा केही दिन पर्खनुपर्ने बाध्यता रहेको जनाइएको छ ।
आज बस्ने राष्ट्रिय परिषद्को बैठकमा राहतका कार्यलाई प्रभावकारी बनाउने, बाढी पहिरोका कारण क्षति भएका संरचनाको पुनर्निर्माण, अस्थायी तथा स्थायी वासस्थानको व्यवस्था लगायत विषयमा छलफल हुने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका जानकारी दिए ।