सुनको मूल्य अल टाइम रेकर्ड ब्रेक, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

Nepal Cover
२१ आश्विन २०८२, मंगलवार
image

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।  सुनको मूल्य २ हजार ३ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुन तोलामा दुई हजार तीन सय रुपैयाँले बढेर दुई लाख ३५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । 

सोमबार सुन तोलामा दुई लाख ३३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलामा २ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।