काठमाडौं । पर्वतको महाशिला गाउँपालिकामा निर्माणाधीन लुंखुदेउराली–मिलनचोक–बालाकोट–होश्राङदी सडक पाँच वर्षसम्म सम्पन्न नगरेपछि ठेकेदारको जमानत जफत गरिएको छ।
कूल ११ करोड २२ लाख ६६ हजार रुपैयाँ लागतमा निर्माण हुने झण्डै छ किलोमिटर लामो सडकको निर्धारित समयसम्म ३५ प्रतिशत मात्र भौतिक र वित्तीय प्रगति भएको थियो। निर्माण व्यवसायीले काममा फर्कन आनाकानी गरेपछि अब ठेक्का नै तोड्ने तयारी भएको छ। निर्माण सुरु भएपछि व्यवसायीले चार करोड १३ लाख रुपैयाँ भुक्तानी लगिसकेका थिए। जमानत जफत भएपछि पनि ठेकेदार सम्पर्कमा नआएकाले अन्य कारबाही प्रक्रिया अघि बढाउन थालिएको छ।
निर्माण अलपत्र हुँदा स्थानीयवासीलाई आवतजावतमा समस्या भएको छ भने ठेकेदारमाथि कडा कारबाहीको माग उठेको छ।