जेनजी आन्दोलनका प्रत्येक शहीद परिवारका एकजनालाई रोजगारी दिने चौधरी समूहको घोषणा

Nepal Cover
२२ आश्विन २०८२, बुधबार
image

काठमाडौं । चौधरी ग्रुपले जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने घोषणा गरेको छ। चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बुधबार सामाजिक सञ्जाल एक्स मार्फत यस्तो घोषणा गरेका हुन्। सीजी ग्रुपका प्रबन्ध निर्देशक चौधरीले सामाजिक सञ्जालमार्फत उक्त जानकारी गराएका हुन् । यो आफूहरूको बाचामात्र नभएर गहिरो कर्तव्य र श्रद्धा भएको उनको भनाइ छ ।

‘आन्दोलनका शहीदप्रति चौधरी ग्रुपको तर्फबाट हार्दिक श्रध्दाञ्जली एवं परिवारजनप्रति गहिरो समवेदनाका साथ उच्च सम्मान व्यक्त गर्दछौँ । उक्त आन्दोलनका क्रममा हाम्रो निजी निवास, कार्यालय, शोरूम र कारखानाहरूमा भएको ठूलो क्षति र विध्वंसले हामीलाई गहिरो पीडा दिएको छ । यद्यपि, यो पीडादायी घडीमा पनि हामी दृढ आत्मविश्वासका साथ पुनःनिर्माणको यात्रामा अघि बढेका छौँ’, उनले भनेका छन् ।

निर्वाणले थपेका छन्, ‘हामी सँगै उभिनेछौँ, पुनःनिर्माण गर्नेछौँ, आशा, सहानुभूति र सम्मानसहित यो देशको सून्दर र उज्ज्वल भविष्य निर्माण गर्नेछौँ ।’

निर्वाणले यसअघि आन्दोलनकारीले निवासदेखि उद्योग, शोरुमसम्म गरिएको लुटपाट, तोडफोड र आगजनी गरेपनि आफूहरूको सपना जिउँदै रहेको भन्दै उच्च मनोबल देखाएका थिए । यसका लागि चौधरी ग्रुपका कर्पोरेट कम्युनिकेसन विभाग प्रमुख मधुसूदन पौड्याललाई ९८५१२२४००० मा सम्पर्क गर्न पनि सीजीले अनुरोध गरेको छ ।