काठमाडौं। नेपाल प्रहरीले काठमाडौंको माइतीघर मण्डलाबाट डा. निकोलस भुसाललाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डा.निकोलस भुसाल, सञ्जीव दाहालसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ । माइतीघर क्षेत्रमा डा. निकोलस भुसाल नेतृत्वको समूहले शान्तिपूर्ण प्रदर्शन गर्ने बताइएको थियो ।