बढ्यो सुनको मूल्य, आज कतिमा हुदैछ कारोबार ?

Nepal Cover
२३ आश्विन २०८२, बिहीबार
image

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । पछिल्ला दिनदेखि लगातार नयाँ रेकर्ड कायम गर्दै आएको सुन आज पनि तोलामा १२ सयले वृद्धि हुँदै रेकर्ड बनाएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ३९ हजार २०० रुपैयाँ तोकिएको छ। अघिल्लो दिन यही सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाउँदै प्रतितोला ३ हजार २५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला २ हजार ९५५ रुपैयाँमा किनबेच भएको थियो।