काठमाडौ । अर्थ मन्त्रालयको बजेट महाशाखाले आफ्नो कर्मचारी विवरण भनेर वेबसाइटमा राखी सकिएको राजस्व अनुसन्धान बिभाग प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय मातहत नै रहेको बखत बिभागमा बदनाम कर्मचारी भएको निश्कर्ष सहित अर्थ मन्त्रालय बजेट शाखामा चन्द्र दाहालको सरुवा गरिएको थियो।
जस अनुरुप अर्थ मन्त्रालय बजेट महाशाखाले आफनो कर्मचारीको बिवरण वेबसाईटमा राखी पनि सकेको छ तर सरुवा भएका शाखा अधिकृत दाहाल सरुवा भएको स्थानमा नगै साबिककै राजस्व अनुसन्धान बिभाग मै बसि आफै निवेदन बनाउने र ब्यापारीहरुलाई थर्काउने र हप्काउने शाखा अधिकृत दाहालले दैनिक एकदर्जन भन्दा बढी ब्यपारीलाई फोन गरेर हप्काउछ्न् तर महानिर्देशक तिर्थ चिलवाल मलाई थाहा छैन भनेर बजारमा असुल्ने कर्मचारी कै पक्षमा ओकालत गर्दैछ्न् भन्ने समाचार जानकारीमा आएको छ।
प्राप्त जानकारी अनुसार अब अर्थ मन्त्रालयमा गाभिएको यो निकाय समाल्ने अर्थ मन्त्री रामेश्वर खनालले सरुवा भएका चन्द्र दाहाल जस्ता प्रवृत्ति बारे जानकार हुनुहुन्छ वा हुनुहुन्न। राजस्व अनुसन्धान बिभागबाट दसैं अगाडि नै मन्त्रालयको बजेट शाखामा सरुवा भएका दाहाल तोकिएको स्थानमा किन गएनन सोध्नुपर्यो काम कस्तो हो ? महानिर्देशक चिलवालको पकेटका मान्छे जसलाई महानिर्देशकले मासिक ठेक्कामा परिचालन गरेका शाखा अधिकृत दाहाल जस्ता अर्थ मन्त्रालय भित्र कति होलान ? खोजिको विषय बन्नु पर्ने बताइएको छ।
महानिर्देशक चिलवाल कै सिफारिसमा सरुवा भएपनि हाललाई दाहालको सरुवा पत्र नपठाइदिनु भन्नुको तात्पर्य के हो ? नयाँ आउने कर्मचारीले काम गर्न सक्दैनन् भन्ने हो ? फेरि बिभागमा बिबादास्पद उपसचिव राजन बिसि , उपसचिव मनोज रेग्मी र सरुवा भएका दाहाल लाई अरु कर्मचारीले हेरिरहेका फाइल समेत जिम्मा किन लगाइन्छ महानिर्देशक ज्यु ? प्रश्न उठेको छ ।
सिमाक्षेत्रमा व्यापक राजस्व चुहावट भैरहेको छ। त्यतातिर ध्यानाकर्षण हुन सकेको देखिदैन तर नियमकानुन प्रक्रिया पुरा गरेका वर्षमा अर्बौं राजस्व तिर्ने ब्यापारी फर्म तपाईंको अतिरिक्त खाजा बन्नुपर्ने हो।
तत्कालीन महानिर्देशक चण्डी घिमिरे रहेको बखत बजारमा आतंक मच्चाउने उपसचिव राजन बिसिले गिरिधारी अग्रवालको १७ स्थानमा छापा हानेर १७ करोडको बार्गेनिङ गर्ने उपसचिव बिसि नै थिए तिनै बिसि अहिले का महानिर्देशक चिलवालका प्यारो मात्रै छैनन ,तपाईंको चोटाकोठामा घन्टौंसम्म के के सल्लाह गर्नुहुन्छ नागरिक समाज बेखबर छैन भनिन्छ ।
बिभागमा नाङ्गो नाच मच्चाउने उपसचिव द्वय बिसि,रेग्मी र सरुवा भएका शाखा अधिकृत दाहाललाई महानिर्देशक चिलवालले च्याप्नुको वास्तविक कारण पत्ता लगाउन मन्त्रालयले ढिलाइ गर्नु नहुने सुशासनको क्षेत्रका काम गर्ने बिज्ञको धारणा छ।, ऋषि यादव

