निकोलस भुसालले गाँजा सेवन गरेको पुष्टि, सुधार केन्द्र पठाइयो

Nepal Cover
२४ आश्विन २०८२, शुक्रबार
image

काठमाडौँ । माइतीघरबाट पक्राउ परेका डा. निकोलस भुसालले गाँजा सेवन गरेको पाइएको छ। जिल्ला प्रहरी परिसरले बिहीबार प्रदर्शनका क्रममा पक्राउ गरेका डा. निकोलसले गाँजा सेवन गरेको पाइएको हो।

परिसरका प्रवक्ता पवनकुमार भट्टराईले गाँजा सेवा गरेको पुष्टि गर्दै सुधार केन्द्र पठाइएको बताए। ‘मेडिकल रिपोर्टमा गाँजा सेवन गरेको पाइएपछि परिवारको जिम्मा लगाएर सुधार केन्द्र पठाएका छौं,’ प्रवक्ता भट्टराईले भने।

भुसाल एक वर्षअघि पक्राउ पर्दा पनि गाजा सेवन गरेको पुष्टि भएको थियो ।