माधव नारायण नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा

Nepal Cover
२६ आश्विन २०८२, आईतवार
image

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको माधवनारायण नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र लेखापालसहितविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थ, लेखापाल रामबलम प्रसाद यादवसमेत ३ जना र कम्पनीविरुद्ध गैरकानुनी लाभ तथा हानी पुर्‍याइ भ्रष्टाचार गरेको आरोपसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो।  

नगरपालिका वडा नम्बर ३ मा रहेको देवी माध्यामिक विद्यालयको भवन निर्माणको ठेक्का पत्रपत्रिकामा प्रकाशन गर्नुपर्नेमा नगरी कर्मचारी र रौतहट एडभटाइजिङ्ग एजेन्सी प्रालिका सञ्‍चालक अजितकुमार कर्णसमेतले आपसी मिलोमतो तथा योजनामा गैरकानूनी लाभ तथा माधव नारायण नगरपालिकालाई हानि पुर्‍याएको दाबी अख्तियारको छ।  

उनीहरूले अभिलेखमा राख्ने गरी सिटी पोस्ट राष्ट्रिय दैनिक पत्रिका जस्तो देखिने सिमित प्रति मात्र प्रकाशित गरेर सूचना छापेको पनि पाइएको छ। अख्तियारले उनीहरूले २ लाख ५७ हजार ९७० रुपैयाँ भुक्तानी लिई भ्रष्टाचार गरेको उल्लेख गरेको छ।