काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री र जेनजीबीच सोमबारका लागि तय गरिएको वार्ता स्थगित गरिएको छ। राष्ट्रपति कार्यालयको फोन कुरेका जेनजी प्रतिनिधिले अहिलेसम्म कुनै खबर नआएको बताएका छन् ।
राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति पौडेल अस्वस्थ भएका कारण बैठक नबोलाइएको हो। शनिबारदेखि नै स्वास्थ्यमा समस्या देखिएपछि उनलाई महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो।
अस्पताल स्रोतका अनुसार राष्ट्रपति पौडेललाई टाउको दुख्ने र वान्ता हुने समस्या देखिएको थियो । उनलाई चिकित्सकहरूको निगरानीमा राखिएको छ।
जेनजी अगुवाहरूसँग सरकारले सोमबार छलफल गर्ने तयारी गरे पनि राष्ट्रपति अस्वस्थ भएपछि बैठक स्थगित गरिएको राष्ट्रपति कार्यालयले जनाएकव छ । बैठक कहिले हुने भन्नेबारे थप जानकारी दिइएको छैन।