काठमाडौ । बिगतमा सर्वसाधारणलाई विभिन्न नाममा ठग्दै हिडेका अर्जुन बहादुर शाही जेनजी आन्दोलन पछि जेनजीको नाममा सरकारी निकायका प्रमुखहरूलाई नै ठग्दै हिडेका देखिन्छ्न्।
सरकारी निकायका कर्मचारीहरू को कम्जोर नैतिक धरातल बुझे संगै धमिलो पानीमा माछा मार्न शाही सक्रिय देखिएका छ्न्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्रियता साथ काम गरिरहेको सन्दर्भमा माफिया र बिचौलियाको इसारामा नियोजित हिसाबले अख्तियार लाई कम्जोर बनाउन सो समुह उद्द्त देखिन्छ । प्रायः जसो सरकारी निकायका सचिब देखी महानिर्देशक र कार्यालय प्रमुखको कमजोरी लाई निसाना बनाउदा आम नागरिकका तहबाट साथ सहितको हौसला मिल्ने निष्कर्षले यो समुह ठगी धन्धामा सक्रिय देखिएको छ। झट्ट हेर्दा र देख्दा कत्ति राम्रो काम भने जस्तो तर वार्गेनिङको तहमा उत्रिएका यिनिहरुलाइ बिगतमा सर्वसाधारणलाई गरेको ठगी लाई आधार मानेर कानुनी दण्ड दिनुपर्ने आवाज उठेको छ।
प्राप्त जानकारी अनुसार वैदेशिक रोजगारको निम्ति कोरिया पठाइदिन्छु भन्दै विभिन्न ब्यक्ति संग ३० लाख उठाएर फरार भएका अर्जुनकुमार शाही केहिदिन देखि जेन्जिको प्रतिनिधि भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग देखी विभिन्न सरकारी निकायमा पुग्ने र थर्काउने गरेको पाइएको हाे।
यिनि महाराजगन्ज प्रहरी चौकी देखी विभिन्न निकायमा ठगीमा परेका ब्यक्ति हुन। सबैले बेलैमा चिनेर जेन्जीको भावना माथी हुने दुरुपयोग तत्काल रोक्नुपर्ने पीडित श्रीकृष्ण फुयालले सम्पत्ति न्युजलाइ बताए । प्राप्त जानकारी अनुसार यिनले हाल झण्डै ८ वटा फोन प्रयोग गरी सरकारी कमर्चारीलाइ थर्काउने गर्छन्। यिनको हर्कत देखेर स्वास्थकर्मी पेसामा रहेकी श्रीमतीले समेत हाम्रो डिभोर्स भैसकेकोले पैसा माग्न म संग नाऔनोस भनेर जवाफ दिने गरेको पीडित फुयालको भनाइ छ।
जिम्मेवार र जवाफदेही भएर काम गर्नोस् यी असली जेन्जीको भाबनालाइ सम्बोधन गर्नोस् तपाईंको मा आउने शाही नक्कली जेन्जी हुन ,सरकारी कार्यालयका प्रमुखहरु आतंकित हुनुपर्दैन तर जनताको भावनाअनुरूप काम भने पक्कै गर्नुहोस् उनै पीडित फुयाल भन्छ्न्।
संचार कर्ममा लागेका श्रीकृष्ण फुयाल को झन्डै १० लाख खाएर भागिरहेका ती शाही दर्जनौं ठगीमा जोडिएको पीडित कै शब्दमा सुन्नुहोस।भिडियो सहित



