भाइटीकाको उत्तम साइत ११ बजेर ३९ मिनेटमा

Nepal Cover
२८ आश्विन २०८२, मंगलवार
image

काठमाडौँ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ। समितिले यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहान ११ बजेर ३९ मिनेटमा रहेको जनाएको छ।

राज्य सञ्चालकले साइतमै टीका लगाउनुपर्ने र साइत नहेर्नेका लागि भने बिहानदेखि मध्याह्नसम्म कुनै बाधा नरहेको समितिले जानकारी दिएको छ।

तिहार अर्थात् यमपञ्चक पर्व कात्तिक १ गते शनिबारदेखि शुरु हुँदैछ। सो दिन यमदीप दान र धनतेरस पर्व पनि मनाइनेछ। कात्तिक २ गते आइतबार काग तिहार र धनवन्तरी जयन्ती, कात्तिक ३ गते सोमबार कुकुर तिहार, नरक चतुर्दशी तथा लक्ष्मीपूजा मनाइँनेछ।

कात्तिक ५ गते बुधबार गाई, गोरु र आत्मपूजा (म्ह पूजा) गरिनेछ। यसै दिन नेपाल संवत् ११४६ नयाँ वर्षको पनि शुरुवात हुनेछ र ६ गते भाइटीका मनाइँनेछ।