काठमाडौं । प्रतिनिधिसभा विघटन र अन्तरिम सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता हुने क्रम तीव्र बनेको छ ।
प्रतिनिधिसभा विघटन र नयाँ अन्तरिम सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा कम्तीमा सातवटा रिट निवेदन दर्ता भएका छन्।
कतिपय रिटमा सरकार गठन प्रक्रिया प्रश्न उठाइएको छ भने केहीमा संसद विघटन असंवैधानिक भएको दाबी गरिएको छ। गत भदौमा जेन–जी आन्दोलनका क्रममा सर्वोच्च भवनमा आगजनी भएपछि प्रभावित रहेको न्यायिक कामकारवाही आइतबारदेखि पुनः खुलेको हो।
जेनजी आन्दोलनपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले अन्तरिम सरकार प्रमुखको रूपमा पदभार ग्रहण गरेकी थिइन्। उनले पदभार ग्रहण गरेलगत्तै प्रतिनिधि सभा विघटनको सिफारिस गरेकी थिइन्, जसलाई पछि राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति दिएका थिए।
भदौ २३ र २४ गतेको आन्दोलनपछि ओली सरकार ढलेर संसद विघटन भएको थियो।