देउवाले दिए पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी

Nepal Cover
२८ आश्विन २०८२, मंगलवार
image

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय समितिको बैठकमा सम्बोधन गर्दै पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएका छन् ।

केन्द्रीय कार्यसमिति बैठकमा मंगलबार बोल्दै आफूले खड्कालाई कार्यवाहक दिएको बताए। मैले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक तोकेको छु। जिम्मेवारीअनुसार काम गर्नुहोला,’ उनले मंगलबार बैठकमा भने।

उनले १५ औं महाधिवेशन तोकेको अवधिमै हुने बताए। उनले नियमित महाधिवेशन हुने पनि बताए।

उनले आफू पाँच पटक प्रधानमन्त्री भए पनि पूरा कार्यकाल चलाउन नपाएको बताएका थिए। ‘पाँच पटक प्रधानमन्त्री भएँ। पाँच वर्ष पनि चलाउन पाइन,’ उनले भने।

बैठकमा देउवाले लिखित सम्बोधन गर्दै दुवै दिन भएका घटनाको छानबिनको माग गरेका छन् । प्रदर्शनकारीको आक्रमणमा परेकी तत्कालीन परराष्ट्रमन्त्री समेत रहेकी देउवापत्नी आरजु राणा पनि उनीसँगै सानेपा पुगेकी छन् ।