घुससहित पक्राउ परेका काभ्रेपलाञ्चोकमा कार्यरत खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

Nepal Cover
२८ आश्विन २०८२, मंगलवार
image

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय धुलिखेल काभ्रेमा कार्यरत खरिदारविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

काभ्रेमा कार्यरत खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीविरुद्ध मंगलबार अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। ज्ञानेन्द्रलाई भदौ १८ गते दुई लाख रुपैयाँ घुससहित अख्तियार टोलीले नियन्त्रणमा लिएको थियो।

उनले दोलालघाट गाविस-७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएको जग्गाहरू धनीको नाममा छुट दर्ता गर्ने प्रयोजनका लागि घुस लिएको अख्तियारको प्रवक्ता राजेन्द्रप्रसाद पौडेलले जानकारी दिए।