काठमाडौँ। एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट विभाजन भएर बनेको एकीकृत समाजवादीलाई पार्टी एकताका लागि आउन प्रस्ताव गरेका छन्।
एमाले केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उनले राष्ट्रिय एकताका लागि पार्टीहरू मिल्नु जरुरी रहेको बताए। एकीकृत समाजवादीले माओवादीसँग एकताको तयारी गरिरहँदा ओलीले एमालेतर्फ आउन आग्रह गरेका हुन्।
ओलीले भन्नुभयो, ‘कसैका चौतारीमा छिर्न नजानुहोस्। यो मजबुत घर छ। यहाँ आउनुहोस्’,’ लाखौं कार्यकर्ता भएको पार्टी हो। यसमा आउनुहोस्। अन्यत्र बास खोज्दै नहिँड्नुहोस् ।’
उहाँले अन्य पार्टीहरूलाई पनि एकता र सहकार्यमा आउन अपिल गर्नुभएको छ ।