प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चले गर्‍यो रिट दर्ता

Nepal Cover
२९ आश्विन २०८२, बुधबार
image

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि भसा विघटनविरुद्धका रिट दर्ता गरेको छ। रिटमाथि सुनुवाइका लागि कात्तिक १२ गते पेसी तोकिएको छ।

रिटमाथि सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ हुने छ । सरकार गठन प्रक्रिया र प्रतिनिधि सभा विघटन खारेजीको माग गर्दै मंगलबार सर्वोच्चमा १० वटा रिट निवेदन गएका थिए ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार १० मध्य ९ वटा रिट दर्ता भएका छन् भने १ वटाको केही प्रक्रिया पुग्न बाँकी छ ।