काठमाडौँ । आफूलाई जेनजी भन्दै सरकारी कार्यालयमा कर्मचारीलाई धम्क्याउँदै पुग्ने गरेका अर्जुनबहादुर शाही पक्राउ परेका छन् ।
उनलाई कोटेश्वरबाट बुधबार साँझ साढे ७ बजे पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले जानकारी दिएका छन् । विभिन्न अपराधिक मुद्दामा फरार देखिएकाले पक्राउ गरिएको भट्टराईले बताएका छन् ।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।