मधेश प्रदेश सांसद सिहंसहित १६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता

Nepal Cover
३० आश्विन २०८२, बिहीबार
image

काठमाडौँ। अख्यिार दुरुपयोग अनुसन्धान आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश सांसद सरोजकुमार सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

प्रदेश संसदीय विकास कोषको रकम दुरुपयोग गरेको आरोपमा बिहीबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार सांसद कुशवाहासहित धर्मशाला निर्माण उपभोक्ता समितिका अध्यक्ष यमुनाप्रसाद महतो र कोषाध्यक्ष कौशिल्या देवी, निमार्ण उपभोक्ता समितिका अध्यक्ष योगिन्दर महतो र कोषाध्यक्ष सुनयना कुमारी, अधुरो कमलामाई मन्दिर र मालतमाईस्थानको कम्पाउन्ड वाल निर्माण उपभोक्ता समितिको अध्यक्ष रामानाथ सहनी, कोषाध्यक्ष स्वीकृतीदेवी भन्ने स्विकृती देवीविरूद्ध मुद्दा दायर भएको छ। माईस्थान मन्दिरको सौन्दर्यकरण उपभोक्ता समितिको अध्यक्ष रामशरण खत्वे र कोषाध्यक्ष विभा देवी खत्वे, कञ्जनियमाई मन्दिर सौन्दर्यकरण निर्माण उपभोक्ता समितको अध्यक्ष रमेश मडर र कोषाध्यक्ष अमलेशकुमारी, देवी महारानी सौन्दर्यकरण निर्माण उपभोक्ता समितिको अध्यक्ष दिपाराज देवी राजपुत र कोषाध्यक्ष भिखारी राउत कुर्मी, लक्ष्मीनीयासम्म माटो ग्राभेल निर्माण उपभोक्ता समितिका अध्यक्ष भुपेन्द्रकुमार झा, भुपेन्द्रकुमार झा, शम्भुकुमार मण्डल र मञ्जुदेवी पासमानविरूद्ध मुद्दा दर्ता गरिएको हो। 

विभिन्न उपभोक्ता समितहरूको खातामा जम्मा भएको कुल रकमको २८ प्रतिशत अर्थात ३८ लाख बराबरको रकम सांसद सिंहले भ्रष्टाचार गरेको आरोपपत्रमा उल्लेख छ। उहाँसँगै सोही रकम बराबरको बिगो माग गरिएको छ।