प्रधानमन्त्री कार्कीद्वारा चार मन्त्री थप्दै मन्त्रिमण्डल विस्तार

Nepal Cover
१० कार्तिक २०८२, आईतवार
image

काठमाडौँ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले चार मन्त्री थप्दै मन्त्रिमण्डल विस्तार गरेकी छन्।

बालुवाटार स्रोतका अनुसार आज उनको मन्त्रिमण्डलमा चार मन्त्री थपिने भएका हुन्।

‘गणपतिलाल श्रेष्ठ पर्यटन, सुधा गौतम स्वास्थ्य, बब्लु गुप्ता खेलकुद र खगेन्द्र सुनार श्रममन्त्री बन्दै छन् । आज चार मन्त्री थपिँदा कार्की नेतृत्वको मन्त्रिपरिषद् १२ सदस्यीय हुनेछ।

यसअघि मन्त्रिमण्डलमा ८ सदस्य भइसकेका छन्।