परराष्ट्र प्रवक्ताको जिम्मेबारी लम्सालले पाए

  Sampatti News

October 7, 2020

काठमाडौँ । परराष्ट्र मन्त्रालयले प्रवक्ताको जिम्मेवारी सहसचिव सेवा लम्साललाई दिएको छ ।

हालै पाकिस्तानको इस्लामावादस्थित नेपाली नियोगबाट ४ वर्षे राजदूत कार्यकाल पूरा गरेर फर्केकी लम्सालले न्यूयोर्क मिसनमा समेत काम गरेकी छिन् ।

यसअघि परराष्ट्र प्रवक्ता रहेका सहसचिव भरतराज पौड्यालले वरिष्ठता आधारमा मन्त्रालयमा निमित्त सचिवको जिम्मेवारी पाएपछि रिक्त प्रवक्ता स्थानमा लम्साललाई लगिएको हो ।

प्रकाशित मिति:October 7, 2020