निकोलस मात्रै किन पक्राउ ? सुदन गुरुङ

Nepal Cover
२१ कार्तिक २०८२, बिहीबार
image

काठमाडौँ । जेन्जी आन्दोलनका नेता सुदन गुरुङले निकोलस भुसाललाई पक्राउ गरिए पछिको घटनालाई लिएर गृहमन्त्रीको भूमिका र सरकारको निष्पक्षतामाथि प्रश्न उठाएका छन्। गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको कार्यशैलीमाथि असन्तुष्टि जनाएका छन् ।

गुरुङले आज बिहान सामाजिक सञ्जालमार्फत आफ्नै पहलमा बनेको सरकारका गृहमन्त्रीमाथि असन्तुष्टि व्यक्त गरेका हुन् । उनले अभियन्ता कमल भुसाल (निकोलस) र नेकपा (एमाले)का नेता महेश बस्नेतको अभिव्यक्ति समान भए पनि ‘भुसाललाई पक्राउ गर्ने र बस्नेतलाई छोड्ने किन भयो ?’ भनेर प्रश्न गरेका छन् ।

‘निकोलस भुसाल र महेश बस्नेतको अभिव्यक्तिमा आखिर फरक के देख्नुभयो, गृहमन्त्रीज्यू ? अनि किन निकोलस मात्रै पक्राउ परे ? कि शक्तिशालीलाई नछुने ओली सरकारकै पारामा ढल्किनु भएको हो ?

उनले आफ्नो अभिव्यक्तिलाई ‘बन्द कोठामा प्रश्न गर्दागर्दा थाकेर आएको अभिव्यक्ति’ भनेका छन् । ‘लाग्छ, आन्दोलन हार्दै छ’, उनले भने ।