काठमाडौँ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकबीच भेटवार्ता भएको छ । भक्तपुरको गुण्डुमा उहाँहरुबीच हिजो राती भेटवार्ता भएको हो । ओलीलाई भेट्नका लागि लेखक हिजो बेलुका सवा ७ बजे गुण्डु पुग्नुभएको थियो ।
भक्तपुरको गुण्डुस्थित ओली निवासमा दुई नेताबीच बुधबार साँझ भेटवार्ता भएको स्रोतले जनाएको छ । ओली र लेखकबीच भएको कुराकानीबारे भने केही खुलाइएको छैन ।
भदौ २३ गतेको जेनजी आन्दोलनमा अत्यधिक दमन गरेको भन्दै ओली र लेखक दुवैजनालाई पक्राउ गर्न दबाब छ । गत भदौ २३ र २४ गतेको घटना हुँदा ओली प्रधानमन्त्री र लेखक गृहमन्त्री थिए ।
२३ गतेको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि लेखकले तत्कालै पदबाट राजीनामा दिएका थिए भने ओलीले २४ गते राजीनामा दिएर सेनाको सुरक्षामा पुगेका थिए ।