विप्लवलाई भेट्न उनकै निवास पुगे घनश्याम र जनार्दन

Nepal Cover
२२ कार्तिक २०८२, शुक्रबार
image

काठमाडौं । नेपाल प्रगतिशील अभियानका नेता जनार्दन शर्मा र एकीकृत समाजवादीका महासचिव घनश्याम भूसाल नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई भेट्न पुगेका छन् ।

नेताद्वय शुक्रबार बिहान ललितपुरस्थित हरिसिद्धिमा रहेको विप्लव निवासमा पुगेका हुन् । नेतात्रयबीच अहिले छलफल जारी छ ।

विकसित परिस्थिति र आगामी सहकार्यलाई कसरी बढाउन सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित रहेको जनाइएको छ । पार्टी विभाजन अघि नै शर्मा, राम कार्की र भूसालले विप्लव लगायतका नेताहरूसँग नयाँ ध्रुवीकरणका लागि अनौपचारिक कुराकानी गरिरहेका थिए ।