काठमाडौँ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादीकी) चार वर्षपछि नेतृ रामकुमारी झाँक्री र कृष्णकुमार श्रेष्ठ (किसान) लगायतका नेता एमालेमै फर्किएका छन् ।
समाजवादी र माओवादी केन्द्र लगायतका पार्टीबीचको एकतामा सामेल नभएका उनीहरू एमालेमा फर्किएका हुन् । नेकपा (एमाले)ले सुरु गरेको ‘घर फर्क अभियान’ मार्फत उनीहरू एमालेमा फर्किएका हुन् ।
सोमबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहबीच एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले अभियानको सुरुवात गरेका हुन् ।