३ दिनपछि झिनो अंकले बढ्यो सेयर बजार

Nepal Cover
२६ कार्तिक २०८२, मंगलवार
image

काठमाडौं । अघिल्ला तीन कारोबार दिन लगातार झरेको सेयर बजार मंगलबार बढेको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक ३.२१ अंक बढेको हो ।

सो वृद्धिपछि २५६५ अंकमा नेप्से अडिएको छ । आज सुरुवाती कारोबारपछि करिब साढे १ बजेसम्म ओरालो लागेको नेप्से त्यसपछि सम्हालिएको हो । १४२ कम्पनीको मूल्य बढ्दा १०२ को घट्यो भने १० को स्थिर रह्यो । कारोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्ब ५१ करोडको कारोबार भएकोमा आज ३ अर्ब ६२ करोडको भयो ।

यस दिन ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन आजदेखि कारोबारमा आएको बन्दिपूर केबलकार मबिलुङ इनर्जी,सागर डिपस्ट्रलरी, बुङगोलको शेयर मूल्य सकारात्मक लेभलमा बढेर कारोबार भएको हो । यी सबै कम्पनीहरु हालै मात्र नेप्सेमा सूचीकृत कम्पनीहरु हुन्। त्यसैगरी शाईन रेसुङ्गा डिवेन्चरको मूल्य पनि १० प्रतिशतले बढेर कारोबार भएको हो । त्यस्तै, यसदिन १०.२५ प्रतिशत नेपाल एसबिआई बैंक डिबेञ्चरको मूल्य सर्वाधिक घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन साहस उर्जा शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३५ करोड ५८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, राधी विद्युत, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको शेयर पनि सर्वाधिक रुपैयाँको कारोबार हुने मध्येमा परेको छ ।