काठमाडौँ । वामदेव गौतम नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी एकीकरण अभियान पार्टी खारेज भएको छ। गौतमको निवेदनपछि निर्वाचन आयोगले उक्त पार्टी खारेज गरेको हो।
तत्कालीन नेकपाको विभाजन हुँदा गौतमले एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी कतै पनि नलागी आफ्नै नेतृत्वमा नेकपा एकीकरण अभियान गठन गरेका थिए।
गौतम नेकपा एकीकृत समाजवादी हुँदै नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन्। उनी अहिले सो पार्टीमा चौथो बरियतामा छन्।