जनकपुरधाम । मधेसका सात दलले बुधबार बिहानदेखि मधेश भवनको २ नम्बर गेटमा शान्तिपूर्ण धर्ना सुरु गरेका छन्। दलका नेता तथा कार्यकर्ताहरू क्रमशः आन्दोलनमा सहभागी हुँदै आएका छन्।
मधेश भवनको मुख्यमन्त्री कार्यालय अगाडि गेटमा र पारिपट्टि रहेको मिल्स एरियामा प्रदर्शन शुरु भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदर्शनकारीले धर्ना, विरोध, नाराबाजी शुरु गरेका छन् ।
सोमबार मधेश प्रदेशमा नेकपा एमालेका सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त भएपछि सात दलले शुरुमा प्रदेश प्रमुख, त्यसपछि मुख्यमन्त्री र मधेश प्रदेश सभाका सभामुखविरुद्ध आन्दोलन जारी राखेका छन् ।