यस्ता छन् दुर्गा प्रसाईँ समूहले सरकारसमक्ष राखेको २७ बुँदे मागमा

Nepal Cover
२७ कार्तिक २०८२, बुधबार
image

काठमाडौं । मेडिकल व्यवसायीसमेत रहेका दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ले सरकासमक्ष २७ बुँदे माग राखेको छ ।

आज गृहमन्त्रालयमा गृहमन्त्री ओमप्रकाश अर्यालसहितको वार्तामा प्रसाईं समूहका माधव प्रसाद खतिवडाले २७ बुँदे मागपत्र बुझाएका हुन् । मागपत्रमा संविधान खारेजदेखि, राजसंस्था पुनस्र्थापना र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीसम्म छन् । साथै प्रसाईँले बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋण मिनाहाका माग पनि राखेका छन् ।

मागपत्रको पहिलो नम्बरमा नेपाल नेपालीले नै बनाउने र यहाँको व्यापार पनि नेपालीले नै गर्न पाउने वातावरण बनाइनुपर्ने माग छ । संविधान खारेज गरी बौद्ध किराँत सहित वैदिक सनातन धर्म सापेक्ष हिन्दु अधिराज्य र संवैधानिक राजसंस्थाको स्थापना गरिनुपर्ने माग गरिएको छ । यो विषय जनमत संग्रहमार्फत टुंग्याउनुपर्ने पनि माग उनको छ ।

त्यस्तै प्रदेश संरचना खारेज गरी ५ विकास क्षेत्र, १४ अञ्चल, ७५ जिल्ला पुरानै अवस्थामा कायम गर्नुपर्ने माग छ । बैंक वित्तीय संस्थालाई राष्ट्रियकरण गरी जोखिम रकम उठाई बैंक र व्यवसायीलाई छुट्याउनुपर्ने माग गरिएको छ ।

यस्ताे छ प्रसाईं समूहकाे २७ बुँदे माग–