काठमाडौं ।भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र नेपाली कम्युनिस्ट पार्टीबिच सातबुँदे सहमति भएको छ ।
घोषणा सभाअघि नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव नेपाल र अभियानका संयोजक भीम रावलले औपचारिक रूपमा सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
सहमति पत्रमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधव नेपाल र रावलले हस्ताक्षर गरेका छन् । सहमतिसँगै आजै राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमबाट रावल नेकपामा समाहित हुनेछन् ।
सहमतिका बुँदा
