दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

Nepal Cover
२८ कार्तिक २०८२, बिहीबार
image

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछन् । जसअन्तरगत अहिले बिहान ११ बजे बस्ने राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा अध्यागमन विभाग तथा कार्यालयको अवलोकन सम्बन्धमा छलफल हुनेछ ।

यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक दिउँसो १ बजे बस्दैछ । बैठकमा शान्ति सुरक्षाको अवस्था र आगामी निर्वाचनको तयारी सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ ।