नवनियुक्त आइजिपी दानबहादुर कार्कीले पाए दर्ज्यानी चिह्न

Nepal Cover
२८ कार्तिक २०८२, बिहीबार
image

काठमाडौं । नवनियुक्त आईजीपी दानबहादुर कार्कीले दर्ज्यानी चिह्न लगाएका छन् । बिहीबार गृह मन्त्रालयमा आयोजित विशेष समारोहमा गृह सचिव रामेश्‍वर दंगालले महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई ३३ औं आईजीपी बनाउने निर्णय गरेको हो । आईजीपी चन्द्र कुवेर खापुङको ३० वर्षे सेवा अवधि कात्तिक बुधबार सकिएर उनी अनिवार्य अवकाशमा गएका छन्।

२०५४ चैतमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका कार्की ३० वर्षे सेवा अवधि कायम रहे २०८४ चैतसम्म प्रहरी महानिरीक्षक हुनेछन् । कार्की हाल उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख थिए। जेन–जी आन्दोलनपछि अस्तव्यस्त भएको उपत्यकाको कमाण्ड सम्हाल्न उनले २४ भदौमा उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी पाएका थिए ।