काठमाडौँ। काठमाडौं महानगरले पूर्वऊर्जमन्त्री एवं कांग्रेस नेता दिपक खड्काको कम्पनीले प्रयोग गरिरहेको लैनचौरस्थित नेपाल स्काउटको जग्गामा बनेका संरचना डोजर लगाएर भत्काउन सुरु गरेको छ । कम्पनीले लामो समयदेखि भाडा तिरेका छैनन् । त्यसैले २० कात्तिकमा स्काउटले सूचना जारी गरेर भाडा चुक्ता गर्न सात दिनको म्याद दिएको थियो । सो म्याद आज सकिएको छ ।
स्काउटले आफ्नो जग्गामा निर्माण भएका सम्पूर्ण भवन तथा सामानहरू जफत गर्ने र त्यसबाट पनि भाडा असुल उपर नभए खड्काको जायजेथाबाट लिने चेतावनी दिएको थियो ।
पछिल्लो ताकेताको म्याद सकिएसँगै ती संरचना भत्काउन महानगर प्रहरी डोजर लिएर त्यहाँ पुगेका हुन् । स्काउटले २०६५ सालमा भाडामा दिएको ३ रोपनी जग्गामा खड्का ल्याण्डले लैनचौर ब्याङ्क्वेट खोलेको छ ।