पूर्व आईजीपी खापुङले अनुमतिविना उपत्यका छाड्न नपाउने

Nepal Cover
२८ कार्तिक २०८२, बिहीबार
image

काठमाडौं । भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझका लागि बनेको आयोगले आजबाट सेवानिवृत्त भएका प्रहरीका महानिरिक्षक चन्द्रकुबेर खापुङलाई विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको छ ।

बिहीबार बसेको आयोगको बैठकले घटनाको छानबिन र सोधपुछका लागि जतिबेला पनि बोलाउन सकिने भन्दै यस्तो आग्रह गरेको हो। ‘कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने हुँदा विदेश भ्रमणमा रोक लगाउने तथा आयोगको स्वीकृति बेगर काठमाडौँ उपत्यका छाड्न नपाउने व्यवस्था गर्न गराउन सम्बन्धित निकायमा पत्रकार गर्ने निर्णय भएको छ। साथै कुनै क्षतिको विवरण भए पनि आयोगको इमेलमा उपलब्ध गराउन आग्रह गरिएको छ।

खापुङ ३० वर्षे सेवा अवधि हदका कारणले अवकाश पाएका थिए। उनी भदौ १९ गते प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका थिए। प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेको चार दिनमै २३ भदौमा संसद भवन अगाडि भएको जेनजी प्रदर्शनमा १९ जना युवाको प्रहरीको गोली लागेर मृत्यु भएको थियो।

२४ र २४ गतेको जेनजी आन्दोलनमा देशभर ७६ जनाको मृत्यु भएको थियो। यही घटनाका सम्बन्धमा गठन भएको आयोगले छानबिन गरिरहेका छ। प्रहरीसमेत छानबिनको घेरामा परेको छ।