हाम्रा माग पूरा नभएसम्म चुनाव हुन दिँदैनौँ, जेन-जी आन्दोलनका अगुवा सुधन

Nepal Cover
२८ कार्तिक २०८२, बिहीबार
image

काठमाडौँ । जेन-जी आन्दोलनका अगुवा सुधन गुरुङले आफूहरूको माग पुरा नभएसम्म चुनाव हुन नदिने चेतावनी दिएका छन् ।  

मतदाता नामावली सङ्कलनमा देखिएका समाधानका लागि भएको पहलका बारेमा बुझ्न बिहीबार निर्वाचन आयोग पुगेका गुरुङले जेन-जी युवाहरू निर्वाचनका लागि नभई देशमा देखिएका बेतिथीविरुद्ध लडेको भन्दै आफूहरूको माग पुरा नभएसम्म चुनाव हुन नदिने चेतावनी दिएका हुन् ।

आफू कुनै दलमा आबद्ध नभएको र निर्वाचनमा आफू नलड्ने उनले बताएका छन् ।

‘दल दर्ताको कुरा चाहिँ म आफैँ छक्क परिराको हुन्छु । कहिले कुलमानजीको पार्टीमा भन्छ, अर्को स्क्रोल गर्‍यो बालेनकोमा गयो रे भन्छ । फेरि सुमनामा गयो रे भन्नुहुन्छ । हाम्रो कुरा चाहिँ-हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौँ ह्वीच इज क्लियर ’ जेनजीको माग पूरा नभएसम्म कसैले पनि चुनाव-चुनाव भन्न पाइँदैन । ८४ को चुनाव सार्नलाई हामी लडेको होइन ।’

गृहमन्त्रीले राष्ट्रपति कार्यालयमा आफूसँग कानूनी सल्लाहकार भएर जाँदा गरेका प्रतिबद्धता अनुसार काम गर्न नसकेको सुदनको भनाइ छ । जनताको चाहना र इच्छाअनुसार गृहमन्त्री फेरिनुपर्ने जरुरी रहेको उनको भनाइ छ ।