सरकारको कालोसूचीमा परे यी १४ निर्माण कम्पनी

Nepal Cover
२९ कार्तिक २०८२, शुक्रबार
image

काठमाडौँ । सरकारले विभिन्न १४ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले १४ वटा कम्पनीलाई कालोसूचीमा राखेको हो । 

कार्यालयले आज एक सूचना जारी गर्दै ९ वटा निकायबाट पठाइएका विवरणका आधारमा विभिन्न १४ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्ताको विवरण सार्वजनिक गरेको हो । सार्वजनिक निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ।

कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा भाग लिन नपाइने सूचनामा उल्लेख गरिएको छ ।