नयाँ दल दर्ता गर्ने समय आज सकिँदै

Nepal Cover
१ मंसिर २०८२, आईतवार
image

काठमाडौं । नयाँ राजनीतिक दल दर्ता प्रयोजनका लागि निर्वाचन आयोगले दिएको समय आज (कात्तिक ३० गते) सकिँदै छ।

फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले कार्तिक मसान्तसम्म नयाँ दल दर्ता गर्न समय दिएको थियो । आयोगले तोकेको सो समय अवधि आज साँझ कार्यालय समयपछि सकिंदैछ ।

यो अवधिमा धेरै नयाँ दलहरू आयोगमा दर्ता भएका छन् । केहीले प्रमाणपत्र लिइसकेका छन् भने प्रक्रियामा रहेका दलहरुले आज प्रमाणपत्र प्राप्त गर्ने छन् । आयोगका अनुसार हाल आधिकारिकता पाउने दलको संख्या १२६ पुगिसकेको छ । जम्मा संख्याको टुंगो भने आज लाग्ने छ ।

अब आयोगमा दर्ता भएका दलहरूले निर्वाचनमा भाग लिन पुनः दल दर्ता गर्नुपर्ने हुन्छ । आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंसिर १० सम्म र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मंसिर ७ गतेसम्म दल दर्ता गर्न आह्वान गरेको छ ।