गृहमन्त्रीले बोलाए सुरक्षा समिति बैठक

Nepal Cover
१ मंसिर २०८२, आईतवार
image

काठमाडौं । गृह मन्त्री ओमप्रकाश अर्यालले केन्द्रीय सुरक्षा समितिको बैठक आह्वान गरेका छन् । मन्त्रीले आइतबार दिउसो तीन बजे सिंहदरबारस्थित गृह मन्त्रालयमा बस्नेगरी केन्द्रीय सुरक्षा समितिको बैठक आह्वान गरेको हुन्। 

फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचन, दुर्गा प्रसाईँले आह्वान गरेको आन्दोलनमा शान्ति सुरक्षाको व्यवस्थाबारे छलफल  हुनेछ।

बैठकमा गृह मन्त्रालयका सचिव, नेपाली सेनाका एकजना रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख लगायतको सहभागिता रहनेछ।