एमाले महाधिवेशन भृकुटीमण्डपमा हुने

Nepal Cover
१ मंसिर २०८२, आईतवार
image

काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशन काठमाडौँको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा हुने भएको छ।

मंसिर २७ देखि २९ गतेसम्म हुने महाधिवेशनका लागि भृकुटीमण्डपमा हल बुक गरिएको हो । 

तीन दिनका लागि हल बुकसम्बन्धी सम्झाैता भइसकेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गाैमले जानकारी दिए । यसअघि पोखरामा गर्ने तय भएको महाधिवेशन पछि काठमाडौंमा गर्ने निर्णय गरिएको थियो । 

एमालेकाे महाधिवेशनमा करिब २५ सय प्रतिनिधि सहभागी हुनेछन् ।