निर्वाचन आयोगमा एक १२२ दल दर्ता, ७ खारेज

Nepal Cover
१ मंसिर २०८२, आईतवार
image

काठमाडौँ । निर्वाचन आयोगमा हालसम्म १२२ वटा राजनीतिक दल दर्ता कायम रहेका छन्। आयोगले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै निर्वाचन घोषणाको दिनदेखि हालसम्म पनि दर्ता कायम रहेका दलहरूको सङ्ख्या एक सय २२ नै रहेको जानकारी दिएको हो।

खारेज भएकाहरुमध्ये एउटा राजनीतिक दललाई सर्वोच्चले खारेज गर्न आदेश दिएअनुसार र बाँकी ६ दलहरु नेतृत्वको आग्रहमा खारेज गरेको उनको भनाइ छ। उनले हाल २८ वटा दल दर्ता प्रक्रियामा रहेको बताए। भदौ २७ गते प्रतिनिधि सभा विघटन भई नयाँ निर्वाचन मिति घोषणा भएको थियो। भट्टराईले २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनको लागि नयाँ दल दर्ता गर्ने आज अन्तिम दिन भए पनि दल दर्ता प्रक्रिया नियमित चलिरहने बताए।

उनले प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुने प्रयोजनको अवधिभित्र दल दर्ता प्रमाण पत्र पाएका दलहरुले निर्वाचनमा सहभागी हुन पाउने पनि बताए। उनले मतदाता नामावलीमा नाम संकलनको कार्य जारी रहेकोसमेत बताए। उनका अनुसार मतदाता नामावलीमा नाम संकलन गर्ने कार्य अगामी ५ मंसिरसम्म जारी रहनेसमेत बताए।

शनिबार साँझसम्मको तथ्यांकअनुसार मतदाता नामावलीको लागि आयोगमा पुगेर सनाखत गर्नेको संख्या दुई लाख ८५ हजार र राष्ट्रिय परिचयपत्रबाट आवेदन दिनेको संख्या २ लाख रहेको समेत प्रवक्ता भट्टराईले बताए।