महानिर्देशक बोहराले भवन बिभाग परिषरमा कपुरको बृक्ष रोपे

Nepal Cover
१ मंसिर २०८२, आईतवार
image



काठमाडौ ।शहरी बिकास तथा भवन निर्माण बिभागका ३२ औ महानिर्देशक रबिन्द्र बोहराले जन्मदिनलाई सतकर्ममा जोडौ अभियान अन्तर्गतको बृक्ष रोपण कार्यक्रमलाई एक्यवद्धता जनाउदै भवन बिभाग परिषरमा कपुरको बृक्ष रोप्दै आफनो कार्य सम्पादन सुशासन मैत्री ढंगले अगाडि बढेको बताएका छ्न।
जागिर प्रवेश सगै सधैं नतिजामा बिश्वास राख्ने उनी जहाँ जुन जिम्मेवारीमा रहे पनि हालसम्म सफल बन्दै आएको देखिन्छ।मिजासिला र सरल स्वभावका धनी महानिर्देशक बोहरा माथिल्लो निकायलाई खुशी पारेर होइन कार्य सम्पादन अब्बल मानिएर मन्त्री कुलमान घिसिङले जिम्मेवारी दिएको बुझिएको छ।
बिभागको इतिहासमा मन्त्री र सचिवालयका कतिपयलाई खुसी नबनाई जिम्मेवारी पाइदैन भन्ने मान्यता बोकेको इतिहास पहिलोपटक ब्रेक भएको छ।बिभागमा अहिलेसम्म नसोचेको ऎतिहासिक जिम्मेवारी सुम्पेको सन्दर्भ भएकाले पनि मन्त्री घिसिङले अपेक्षा गरेका काम पूरा गर्न महानिर्देशक बोहरा सफल बन्न सक्ने देखिन्छ।आफैमा चौतर्फी चुनौती काफी छ।
जोसजाङ्गर बोकेर कार्य सम्पादनमा भिडेका महानिर्देशक बोहराले जिम्मेवारी पाएको एक हप्ता नबित्दै हुने बिरुवाको चिल्लो पात भने झै बिभागमा सुधार देखाउन थालेका छ्न। बिगतका दिनमा जसलाई जतिबेला आएपनी हुने त सवारी चालकलाई समेत चेन अफ कमान्डले समेटन सकेको थिएन तर मसिना कुरा तर महत्त्वपूर्ण मानिएका सासना बिषयमा समेत सुधार गर्दै बिभाग अगाडि बढेसकेको बताइएको छ।जनतामा सेवा प्रवाह गर्ने सयौ सरकारी भवनहरु निर्माण गरेर जनतामा सुशासनको प्रत्याभूत गराउनुपर्ने अर्जुन दृष्टि त महानिर्देशक बोहराले लगाइ सकेकाले सेवा प्रवाह बढी हुने सरकारी भबन निर्माणकार्य तर्फ भने पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढाइएको सम्पत्ति न्युज सगको भेटमा समेत महानिर्देशक बोहराले बताएका छ्न।
यसैबीच जन्मदिनलाई सतकर्ममा जोडौ अभियानका तर्फबाट संयोजक गोबिन्दप्रसाद चौलागाईंको समूहले बिभागमै पुगि महानिर्देशक बोहराको कार्यकाल सफलताको निम्ति शुभकामना सहित बधाई दिएको छ।