काठमाडौं। मुख्यसचिव एकनारायण अर्यालको अवकाशको दिन नजकिदै जादा मुख्यसचिव बन्नका लागि सचिवहरूबीच प्रतिस्पर्धाले तीव्रता पाएको छ। मुख्यसचिव बन्नका लागि केही सचिव एक अर्कोलाई पछारेर आफू बन्न चर्को लबिङमा लागिपरेका छ्न। वरिष्ठतम् श्रेणीको टप थ्री भित्र पर्नेले स्वस्थ प्रतिस्पर्धा गर्नुलाई स्वभाबिक मानिए पनि पत्रकार परिचालन गरेर कतिपयले चरीत्र हत्या सम्ममा उत्रिएको सन्दर्भलाई धेरैले निको मानेका छैनन।
परिवर्तनको जगलाइ दर्बिलो प्रशासनिक सन्यत्र निर्माणका निम्ति कमान्ड दिन सक्ने मुख्यसचिव मुलुकले खोजेको छ। नेतृत्वको सर्वोच्च पद मुख्यसचिव शक्तिकेन्द्र सामु गोलभेडा गलेजस्तो गल्ने होइन बिधि र थितिलाई स्थापित गराउन चटानी अडान देखिनुपर्छ अहिलेको माग पनि त्यही हो।
यतिबेला मुख्यसचिवको प्रतिस्पर्धामा पाँच सचिवबीच मुख्य प्रतिस्पर्धा देखिएको छ। नेपाल सरकारका सचिवहरू सुमनराज अर्याल, प्रमिलादेवी शाक्य बज्राचार्य, मधुसुदन बुर्लाकोटी, कृष्णहरि पुष्कर कर्ण र रामप्रसाद घिमिरेबीच मुख्यसचिवका लागि प्रतिस्पर्धा रहेको भएपनी टप थ्रीबाट नै छनोट हुने पक्का छ।अरु नाम त केबल चर्चाको निम्ति बजारमा आएका छ्न्।
मुख्यसचिव एकनारायण अर्यालको मंसिर ९ गते सम्म समय रहेको छ।हाल अधिकांस सचिबहरु वरिष्ठतम् प्रणाली मिच्नु र थिच्नु हुन्न भन्ने बाक्लो लबिङ मै लागिपरेका देखिन्छन् । जेन-जी आन्दोलन दमन र भिजिट भिसा प्रकरणमा बयानमा धाउनु पर्ने बध्यता आइलाग्ने भएपछि मुख्यसचिवको दौड बाट गोकर्ण दुवाडी फेस सिभिङ्ग मै लागेका छ्न। २४ गतेको घटनामा दुवाडिको घरबाट एकबोरा पैसा जनताले लगेको भन्ने समाचार आएसगै डुवाडी अरु सम्पत्ति सुदृढीकरण लाग्ने डरले यो रेस भन्दा बस्नु नै बेस भन्ने मनस्थितिमा पुगेका छ्न। पछि मुख्यसचिवको लाइनमा रहेका सुमनराज अर्याल, प्रमिलादेवी शाक्य बज्राचार्य, मधुसुदन बुर्लाकोटी, कृष्णहरि पुष्कर कर्ण, रामप्रसाद घिमिरेहरू मुख्यसचिवको प्रतिस्पर्धा मात्रै होइन संचार क्षेत्रमा समेत प्रचारप्रसार मै उत्रिएका छ्न।
कहिले कुनै विवादमा नपरेका मुख्यसचिवका मुख्य ब्याक्तित्व सुमनराज अर्याल रक्षा मन्त्रालयमा यतिबेला कार्यरत छन्। प्रशासन सेवाको तथ्याङ्क समूहको खुला प्रतिस्पर्धाबाट सहसचिव हुँदै सचिव बनेका सुमनराज अर्याल काठमाडौ का स्थानीय बासिन्दा पनि हुन। कोशी प्रदेशको प्रमुख सचिव भएका अर्याल त्यसपछि महालेखा नियन्त्रक भएर काठमाडौं आए सगै महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयको सचिव हुँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडाको अनुभव सम्म उनमा छ। राष्ट्रिय योजना आयोग हुँदै उनी हाल रक्षा मन्त्रालयमा कार्यरत छ्न।
त्यस्तै अर्यालपछि खानेपानी मन्त्रालयको सचिव प्रमिलादेवी शाक्य बज्राचार्य मुख्यसचिवको प्रतिस्पर्धामा लागेकी छ्न। महिला, आदिवासी/जनजाति हरेक हिसाबले उनी मुख्यसचिवको प्रतिस्पर्धामा उनी उत्रिएकी बताइन्छ । बज्राचार्यले नेपाल ट्रष्टको कार्यालय, राष्ट्रिय सर्तकता केन्द्र जस्ता निकायको सचिव भएर पनि काम गरिसकेकी छ्न। २०७८ असार १७ गते सचिवमा बढुवा भएकी बज्राचार्य मुख्यसचिव बनिनन् भने ५ वर्ष सचिव चलाएर २०८३ असार १६ गते घर जानेछिन्।
त्यस्तै २०७८ असार २१ गते सचिवमा बढुवा भएका मधुसूदन बुर्लाकोटी पनि मुख्यसचिवको प्रतिस्पर्धामा रहेपनि उनको बन्ने आसा बर्सादमा खोलामा माछा थाप्न बल्छी थापे जस्तै बन्ने बताइन्छ। २०८३ असार २० गते ५ वर्ष पुगेर अनिवार्य अवकाशमा जाने अहिलेसम्मको अवस्थाले संकेत गरेको पाइन्छ।सचिब कृष्णहरि पुष्कर भने सबैलाई मिलाउन र रिजाउन सक्ने भएकाले अब बन्ने मुख्यसचिवको भिडन्तमा वरिष्ठतम् सचिब अर्याल र पुष्कर बीच नै चर्को प्रतिस्पर्धा देखिएको बताइन्छ। अहिलेसम्मको बजारको मत सर्वक्षण अनुसार वरिष्ठतम् अर्याल नै बन्ने पक्का देखीएको छ तर सचिब पुष्कर शक्तिकेन्द्र सामु म किन हुन्न सबै हिसाबले योग्य छु भन्दै चर्को लबिङमा देखिएका छ्न्।