एमालेको विघटित संसदीय दलको बैठक बस्दै

Nepal Cover
३ मंसिर २०८२, मंगलवार
image

काठमाडौँ । नेकपा एमालेको विघटित प्रतिनिधि सभाका सांसदहरूको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु हुनेछ । 

नेकपा एमालेले संसद विघटन असंवैधानिक रहेको भन्दै पुन:स्थापनाका लागि अदालत जाने निर्णय गरेको छ । अन्य राजनीतिक दलहरू भने अन्तरिम सरकारले तोकेको फागुन २१ को निर्वाचनमा सहभागी हुने तयारीमा छन् ।

यसै सन्दर्भसहित देशका पछिल्ला राजनीतिक, समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ ।